द्रुत मार्ग आफै बनाउन सरकारलाई सुझाब समितिको सिफारिस

काठमाडौँ, ९ फागुन । काठमाडौँ–निजगढ द्रुतमार्ग सुझाव समितिले आफैले यो मार्ग बनाउन सरकारलाई सुझाब दिएको छ । सुझाव समितिका संयोजक एवम् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार भेटेर प्रतिवेदन बुझाउदै यो मार्ग आफै बनाउन सुझाब दिए ।

गत पुस ७ गते द्रुत मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न मन्त्रिपरिषद्ले आयोगका उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति बनाएको थियो । समितिलाई पुरानै कम्पनीले बनाएको विस्तृत परियोजना प्रस्ताव (डिपीआर) लिन सकिने वा नयाँ बनाउनुपर्ने, द्रुत मार्गको वित्तीय व्यवस्थापन कसरी गर्ने, नेपाल आफैंले बनाउन सक्ने वा नसक्ने, कुन मोडालिटीमा बनाउनेजस्ता विषयमा सरकारलाई सुझाव पेस गर्न कार्यादेश दिइएको थियो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिटोभन्दा छिटो द्रुत मार्ग निर्माणको काम सुरु हुने बताए ।

९ फागुन २०७३, सोमवार १३:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु