राप्रपाको अध्यक्षमा पूनः निर्वाचित थापाको प्रसंसा
आज मन धेरै खुसि छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वा्चित हुनु भएको छ । उहाँलाई धेरैधेरै बधाइको साथै सफल कार्यकालको सुभकामना ब्यक्तm गर्न चाहे । हिजोको दिनमा जस्तै भोलिका दिनहरुमा पनि नेपालिको हकहितको लागि नेपाली माटोको नेता नेपाली मनमनको नेता ,जनजनको नेता बन्नुहुनेछ भन्ने पुरा विश्वास लिएको छु । वास्तममा यो देशलाई तपाइ जस्तो नेताको खाँचो छ । मलाई याद छ तपाइले बाटो नपुगेको ठाउँमा आफैले खनेर बनाउनु भएको ।भोकाएकाहरुलाई खाना दिएको । लुगा नभएकालाई लगाइदिएको । उपचार नपाएर मृत्युको मुखमा पुगेकालाई पुर्न जीवन दिनुभएको । अहो मत त्यतिबेला सानै थिए याद त छैन तर मेरा बाबा, मामु गाउघरका घरका दाजुभाई तथा दिदि बहिनिले लगाएत सम्पुर्ण जिल्लाबासिहरुले भन्नु भएको कुरा हो । मकवानपुरको बिभिन्न विकट गाउहरुमा दुर दराजहरुमा हिडने बाटो सम्म थिएन तयतिबेला । हजुरले सबै आफैले सुरुवात गरेर निमार्ण गर्नु भएको । खानेपानि नपाएर त्यहाका बसिन्दाहरु छट्पटाउादा हजुरले पाइप लाइन बिच्छाउनु भएको । अिहिले हामि कहाँ मेरो घर हेटौंडा हो भनेर सुगमका बासिन्दामा आफुलाई गन्न पाउथ्यौ र ? मलाई थाहात छैन तर लाग्छ तपाइ त्यहाँ नहुनु भएको भए आजपनि हामिले घण्टौं घण्टा हिडेर सदमुकाम आउनुपर्ने थियो । आजपनि हाम्रो बाटोघाटो निमार्ण भएको हुने थिएन । कयौं मकवानपुरवासी तिर्खाएर मर्ने थिए होला पानि नपाएर हाहाकार मचिन्थ्यो होला । हजुरले बास नभएकाहरुलाई बास दिनुभयो भोकाएकाहरुलाई गाँस दिनुभयो । च्यातिएका लुगाहरुलाई टालेर सिउनुभयो । जे जस्तो भएपनि जो नेता अहिले आएर छाति पुयाए पनि तपाइले हिजो नगर्नु भएको भए आज मेरो जिल्लाबाँसी रोहिरहेका हुन्थ्े । हुम्ला र कर्ण्लि भन्दा विकट हुनेथियो मेरो गाँउ । अब हजुरले यो देशको लागि पनि जिल्लाबासीको मन जितेजस्तै काम गरेर देखाउनु पर्नेछ । हामि हजुरकै साथमा छौं । फेरी पनि हजुरको मुक्तकण्डले प्रसंसा गर्दै बधाइ दिन चाहे । – सम्झना पौडेलको ब्यक्तिगत धारणा हो ।
९ फागुन २०७३, सोमवार १५:०९ बजे प्रकाशित