पाठ्यपुस्तकको लागि विद्यालयको खातामा रकम पठाईंदै

जुम्ला, ९ फागुन । जुम्लाका जिल्ला शिक्षा अधिकारी कूलबहादुर फडेराले विद्यालयहरुका लागि पाठ्यपुस्तक जिल्लामा आईसकेकाले विद्यालयसम्म चाँडो पुर्याउन निर्देशन दिएका छन् ।

त्यसको लागि सबै विद्यालयमा ५० प्रतिशत पाठ्यपुस्ततकको रकम विद्यालयको खातामा निकाशा गरिन लागेको कार्यालयले जनाएको छ । वर्षेनि कर्णालीका जिल्लाहरुमा पाठ्यपुस्तक अभाव हुने भएकाले यस पटक भने त्यो समस्या आउन नदिने कार्यालयको दाबी छ ।

९ फागुन २०७३, सोमवार १०:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु