यात्रुले भने, ‘नीजि हवाइ सेवाबाट ठगियौं’
मुगु, ९ फागुन । नेपालगंज र सुर्खेतबाट मुगुको रारा विमानस्थाल उडान भर्ने निजि हवाई सेवाका एयरलाईन्सले मनपरी भाडा असुल्न थालेपछी ग्रामिण क्षेत्रका सेवाग्राही ठगिन थालेका छन् । नेपालगंजबाट आईतबार रारा बिमान स्थलमा उडान भरेको तारा ईएर लाईन्सले तिन जना यात्रुबाट दोब्बर भाडा असुलेको यात्रुहरुको गुनासो छ । तारा एयर लाईन्समा यात्रा गर्ने धैनाकोट गाविस १ बस्ने भरुनि जैसी उनकि बुहारी पुम्नि जैसी र बिधुत बितरण केन्द्रका कर्मचारीबाट दोब्बर भाडा असुलेको हो । नेपालगंज देखि ४ हजार २ सय भाडा दर कायम गरेका तारा एयरले तिनै जना बाट ८ हजार सात सय तिर्नुपरेको उनीहरुले बताएका छन् । एक महिना अगाढी नेपालगंजदेखि ८ हजार ७ सय भाडा कायम गरेका निजि एयरलाईन्स गोमा, तारा ,मकालुले ताल्चाबिमान स्थलमा सिता एयरले उडान भरेपछि प्रतिस्पर्धामा गरी ४ हजार २ सय भाडा निर्धारण गरेका एयर लाईन्सले बेला बेला दोब्र भाडा असुल्ने गरेका छन् ।
९ फागुन २०७३, सोमवार १०:०४ बजे प्रकाशित