संविधानको स्पिरिट अनुसार नयाँ बजेट : शेरधन राई

Sherdhan raiरघुनाथ बजगाँई, काठमाण्डौँ । सुचना तथा सञ्चारमन्त्रि शेरधन राईले नयाँ बजेट संविधानको मर्म र भावना अनुसार आएकोले अनावश्यक टिप्पणी गर्नुको तात्विक अर्थ नरहने बताएका छन । सामुदायिक सुचना नेटवर्क सिआइएनको आठौं बार्षिक उत्सवका अवशरमा राजधानीमा भएको कार्यक्रममा उनले नयाँ बजेटले ल्याएका केही कार्यक्रम र महत्वकांक्षाका काराण राष्ट्रिय तरङ्ग पैदा भएको टिप्पणी गरे । “सरकारको निति तथा कार्यक्रम र आउँदो आर्थिक बर्षका लागि सार्वजनिक बजेट संविधानको स्पिरिटमा छ उनले भने, बढि महत्वकांक्षी भयो वा कार्यान्वयन हुन सक्तैन भनेर भन्नुले अर्थ राख्दैन । ”
सरकारले कुनै त्यस्तो पुरा गर्नै नसक्ने सस्तो लोकप्रियता कमाउने खालको कार्यक्रम समेत नल्याएको उनको प्रष्टोक्ती छ । संविधानको कार्यान्वयन गर्दै संघियतालाई संस्थागत गर्ने खालको नयाँ बजेटले नेपाललाई नयाँ युगमा प्रवेश गराएको भन्दै मन्त्रि राइले बजेटले दिगो विकास लक्ष्य हासिल गर्नका लागि बाटाहरु खुलेको दावी गरे ।
फरक प्रसंगमा उनले हिजो घोषणा गरिएको बजेटले रेडियोलाई संवोधन नगरेको भनेर नआत्तिन समेत आग्रह गरे । उनले भने समग्र सञ्चार क्षेत्रका लागि अवलम्वन गरिएका निति प्रयाप्त छैनन । सरकार त्यही ढङ्गले अघि बढिरहेको छ । मन्त्रिपरिषदबाट त्यसबारे निर्णय गरिनेछ ।

१६ जेठ २०७३, आइतवार ०६:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु