भुकम्प सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु
भक्तपुर । भुकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण योजनाबारे तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन भक्तपुरमा सुरु भएको छ ।
ख्वपः इन्जिनियरिङ कलेजमा ख्वप इन्जिनियरिङ कलेज र ख्वपः कलेज अफ इन्जिनियरिङले सम्मेलनको आयोजना गरेको हो । आगामी १४ गतेसम्म ख्वप इन्जिनियरिङ कलेजमा सञ्चालन हुने सम्मेलनमा नेपालल सहित १५ देशको सहभागिता छ । सम्मेलनमा नेपाल लगायत चीन, भारत, डेनमार्क, इजिप्ट, इथियोपिया, जर्मन, चेक गणतन्त्र, आइरल्यान्ड, इटाली, जापान, मेक्सिको, पोल्यान्ड, स्विजरल्यान्ड, अमेरिकाका प्राध्यापक र शोधकर्ताले ६२ वटा शोधपत्र प्रस्तुत गर्ने छन् ।
१२ वैशाख २०७३, आइतवार १२:१९ बजे प्रकाशित