डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो । अब काठमाडौंमा डिजेल तथा मट्टितेलको मूल्य ८९.८९ रुपैंया कायम भएको छ । पेट्रोलको मूल्य भने १०७ रुपैंयामा यथावत छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको र सोही अनुसार भारतीय आयल कर्पोरेसनबाट मूल्य समायोजन भएर आएकोले मूल्य घटेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले १५/१५ दिनमा स्वचालित मूल्यप्रणाली अनुसार मूल्य समायोजन गरिएको बताए ।

१६ असोज २०७७, शुक्रवार ०७:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु