नेपालमा आज कोरोनाबाट थप ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११४ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो ।

मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

२ भदौ २०७७, मंगलवार १६:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु