हिन्दू अधिराज्य माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ, २६ मङ्सिर । नेपाललाई वैदिक सनातन हिन्दू अधिराज्य घोषणा गर्न माग गर्दै राष्ट्रिय सरोकार मञ्च नेपाल परिवारले शुक्रबार प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री भीम रावल, उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा र गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाइएको मञ्चका अर्जुनसिंह विष्टले जानकारी दिए ।
मञ्चले २०४७ सालको संविधान लागू गर्नुपर्ने, धर्म निरपेक्षता र सङ्घीयता खारेज गर्नुपर्ने, पाँच विकास क्षेत्रलाई कायम गर्नुपर्ने, राष्ट्रिय झन्डा र राष्ट्रिय चिह्नलाई यथावत राख्नुपर्नेलगायतका माग गरेको छ ।
मञ्चको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री र उपप्रधानमन्त्रीद्वयले कतिपय विषयमा सकारात्मक जवाफ दिएको विष्टले जानकारी दिए ।
२५ मंसिर २०७२, शुक्रवार १८:०३ बजे प्रकाशित