सोलुखुम्बुको फाप्लु विमानस्थलमा मालबाहक गाडी प्रवेश नगराउन निर्देशन

सोलुखुम्बु, मंसिर २० – सोलुखुम्बुको सदरमुकाम नजिकै रहेको फाप्लु विमानस्थलमा मालबाहक गाडी प्रवेश नगराउन प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले निर्देशन दिनु भएको छ । मालवाहक ट्रक तथा ट्रयाक्टर विमानस्थलमा प्रवेश गर्दा हवाई उडानमा समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारी शर्माले विमानस्थल सुरक्षा गार्डका प्रहरी तथा नागरिक उडड्यान प्राधिकरण फाप्लुलाई यस्तो निर्देशन दिनु भएको हो । अबदेखि विमानस्थलमा कुनैपनि प्रकारका गाडी तथा सवारी साधन प्रवेश नगराइने नागरिक उडड्यान प्रधिकरण फाप्लुले जनाएको छ । फाप्लु विमानस्थल कालोपत्रे भएपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रमा खाद्यान्न सामग्री कार्गाे गर्दा सस्तो हुने भएपछि चौरीखर्क, नाम्चे र खुम्जुङ गाविसका बासिन्दाले फाप्लुु विमानस्थलबाट तेन्जिङ हिलारी विमानस्थल लुक्लामा खाद्यान्न सामग्री कार्गाे गर्दै आएका छन् । खुम्बुक्षेत्रमा सामान ढुवानी गर्ने मुख्य माध्यम जहाज भएकोले खुम्बु क्षेत्रमा खाद्यान्न सामग्री कार्गाे गर्नका लागि मालवाहक गाडीले विमानस्थल प्रवेश गर्दै आएका थिए ।

२० मंसिर २०७२, आइतवार ०४:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु