प्रधानमन्त्री ओलीलाई गाली गर्ने भारतीय मिडिया तिनपाने स्तरका : काङ्ग्रेस सांसद बिस्ट
काङ्ग्रेस सांसद रामबहादुर विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गर्ने भारतीय मिडिया तिनपाने स्तरको भएको बताएका छन्। प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा उनले भारतिय मिडिया तिनपाने स्तरको भएको टिप्पणी गरेका हुन्।
नेपालका प्रधानमन्त्रीलाई जथाभावी आरोप लगाएको भन्दै उनले मिडियाले निस्पक्ष रुपमा लेख्नुपर्ने बताएका हुन्।विष्टले भने, मिडिया निस्पक्ष हुनुपर्छ।सहि कुरा लेख्नुपर्छ।भारतीय मिडियाले हाम्रो देशको प्रधानमन्त्रीलाई गाली गरे।त्यसले हाम्रो चित्त दुखेको छ।
भारतीय मिडिया तिनपाने स्तरको छ।तिनपाने भनेको सबैले बुझिहाल्छौँ।त्यो भनेको गएगुज्रेको स्तर हो। हो, भारतीय मिडिया त्यस्तै छ। बिकास समितिमा कोरोना भाइरसले मिडिया र पत्रकारलाई पारेको प्रभावबारे छलफल जारी छ् ।
६ साउन २०७७, मंगलवार १०:१९ बजे प्रकाशित













