पेरिस आक्रमणमा ज्यान गुमाउनेको संख्या १ सय ४४ पुग्यो

151113215107_paris_624x351_afp_nocreditएजेन्सी, कात्तिक २८ । फ्रान्सको राजधानी पेरिसमा इस्लामिट स्टेट आइएसले गराएको विष्फोट तथा आक्रमणमा ज्यान गुमाउनेको संख्या १ सय ४४ पुगेको छ।

गएराती सवा नौँ बजेको भएको समयमा भएको सो आक्रमणमा उनीहरुको मृत्यु भएको हो । कैयौँ घाइतेहरुको अवस्था नाजुक रहेकाले ज्यान जानेको संख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ।

मृत्यु हुनेमा केही आतंककारी समेत रहेको छन् । उनीहरु प्रहरीको जवाफी कारबाहीमा मारिएका हुन् । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार पेरिसस्थित बालिक्यान कनसर्ट हलभित्र भएको गोली हानाहानमा १०० र अन्य ठाउँमा भएका हमलामा ४० बढीको मृत्यु भएको हो । अहिलेसम्म चार जना आतंककारी मारिएको पनि त्यहाँको गृहमन्त्रालयले जनाएको छ।

सो आक्रमणपछि त्यहाँ राष्ट्रिय संकटकालका साथै शोकको समेत घोषणा गरिएको छ।  फ्रान्सले स्थिती नियन्त्रणमा नआउञ्जेलसम्म आफ्ना सिमानाका समेत बन्द गरेको छ।

स्टेडियमा फ्रान्स र जर्मनीबीच मैत्रिपूर्ण फुटबल भइरहेको बेला एकाएक गोली चलेको हो । फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्ड पनि खेल हेर्नका लागी रंगशालामा पुगेका बेला विष्फोट भएको तथा आक्रमण उनी लक्षित गरिएको पनि जनाइएको छ। तर विस्फोटपछि सुरक्षाकर्मीले ओल्याण्डलाई सुरक्षित रुपमा बाहिर ल्याएका थिए ।
घटनाको अन्तराष्ट्रिय रुपमै निन्दा भएको छ।

२८ कात्तिक २०७२, शनिवार ०२:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु