मोर्चाको बन्द र भारतको नाकाबन्दीमै सकियो यसपालीको दशैँ तिहार

efOl6sf M ltxf/sf] efOl6sfsf] ;fO{tdf cfh efOnfO{ l6sf nufO{ lbFb} lrtjgsL Ps lbbL  . tl:a/ M gf/fo0f 9'+ufgf÷/Tggu/, lrtjg /f;;

काठमाडौँ, कात्तिक २७ । तीन महिनादेखि जारी मधेसी मोर्चाको बन्द त्यसले उत्पन्न गरेको भारतको नाकाबन्दीका बीचमा पनि नेपालीको दोस्रो ठूलो चाड तिहार शुक्रबार हर्षोल्लासका साथ सम्पन्न भएको छ ।

नेपालमा संविधान जारी भएसँगै तराईमा भएको बन्द, हड्ताल र भारतले लगाएको नाकाबन्दीका कारण इन्धन अभावका बीच पनि नेपालीले नेपाली संस्कृतिसँग जोडिएको तिहार पर्वलाई उत्साहपूर्वक मनाएका हुन् ।

यसबीचमा केही सवारी दुर्घटनाबाहेक कुनै ठूलो घटना भने दशैका बीचमा भएन । भारतको नाकाबन्दीले ठूलो इन्धन संकट र तराईको जनजीवन कष्टकर भएपनि नेपालीले आफ्नो स्वाभिमानसंग दशैँ तिहार मनाएका छन् ।

यसबीचमा रसुवामा भएको बस दुर्घटनामा झन्डै ३६ जनाको मृत्यु बाहेक अरु ठूला दुर्घटना नभएपनि, मोटरसाईकल जीप लगायत सवारी साधन भने दुर्घटनाग्रस्त भए ।

यससंगै यस बर्षको शुरुमै गएको गोरखा भूकम्पले धेरैको दशै तिहार यसपाली भूकम्पमा विलिन भयो भने भूकम्पप्रभावित जिल्लामा धेरैले छापा्रेमा दशैँ मनाए । यो यस बर्ष मात्र होइन इतिहासकै दुखद दिन पनि हो नेपालीका लागी ।

यस बर्षको दशैँ तिहारमा घर जाने गाडी नपाउने, अर्कातिर तिहारका लागि आवश्यक सामग्री महँगो, बजारमा खानेतेल लगायतको चरम अभावका बीच पनि तिहार धेरैले रमाइलोसंग मनाएका छन् ।

इन्धन अभावका कारण धेरै सर्वसाधारण गाडीमा झुन्डिएरै भए पनि गाउँघरमा पुगेर आमाबुवाबाट दशैमा आशिष लिए भने दिदीबहिनीबाट तिहारमा आशिष लिएका छन् ।

२७ कात्तिक २०७२, शुक्रवार १७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु