मधेसी दलसंग दैनिक टेलिफोन वार्ता भइरहेको छ : प्रचण्ड

काठमाडौँ, कात्तिक २७ । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी समुदायको जायज मागलाई अधिकतम रुपमा सम्बोधन गरिने बताएका छन् ।

तराईमा भइरहेको बन्द, हड्ताल र भारतले अघोषित रूपमा गरेको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा करिव दुई महिनादेखि नेपाली जनताले सास्ती खेपिरहेको अवस्थाप्रति दुःख व्यक्त गर्दै उनले संविधान संशोधन गरेर भएपनि मेधेशी समुदायको जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“संविधान जारी गर्नुभन्दा पनि कार्यान्वयन गर्नु चुनौतीपूर्ण हुनसक्छ,” रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तरक्रियात्मक देउसी भैलो कार्यक्रममा अध्यक्ष प्रचण्डले भने –“त्यसैले सबै दल मिलेर संविधानको कार्यान्वयन गर्न पनि महाधिवेशनपछि नेपाली काँगे्रस राष्ट्रिय सहमतिको सरकारमा आउने विश्वास लिएको छु ।”

उनले मधेसी दलहरूलाई सहमतिमा ल्याउन सरकार र आफ्नो पार्टी प्रयासरत रहेको र उनीहरूसँग दैनिक जसो भेटघाट र टेलिफोन वार्ता समेत भइरहेको बताए ।

उनले भने – “मुलुकका चार मुख्य राजनीतिक शक्तिमध्ये मधेसी पनि एउटा शक्ति हो । त्यसलाई पनि राष्ट्रिय राजनीतिसँगै सहमतिका साथ अगाडि लैजानुपर्छ ।”

वर्तमान नाकाबन्दीबारे भारतसँग छलफल भइरहेकाले इन्धन आपूर्तिको समस्या चाँडो समाधान हुने विश्वास पनि उहाँले व्यक्त गरेका छन् ।

२७ कात्तिक २०७२, शुक्रवार १२:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु