राष्ट्रपतिले भाईलाई टीका लगाइन् , प्रम ओलीले दीदीबाट आशिरवाद लिए
k|wfgdGqL cf]nLåf/f lbbLjlxgLaf6 6Lsfu|x0f
k|wfgdGqL lgjf; afn'jf6f/df k|wfgdGqLn] s]kL zdf{ cf]nLn] z'qmaf/ efO6Lsfsf] cj;/df lbbL lji0f'dfof l;jfsf]6L / jlxgL lji0f'dfof 9sfnaf6 ;fOtsf] 6Lsf u|x0f ub}{ . tl:a/ M /Tg >]i7, /f;;
काठमाडौँ, कात्तिक २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बिहान ११ः५५ बजेको भाइटीकाको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइ दिएका छन् ।
राष्ट्रपति भण्डारीले भाइलाई टिका लगाएर आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरेकी थिइन् भने भाई डेगेन्द्र पाण्डेले सौभाग्य सामग्री र दक्षिणा प्रदान गरेर आशीर्वाद लिएका थिए ।
टीका थाप्नका लागि राष्ट्रपतिका भाई डेगेन्द्र राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।
राष्ट्रपति भण्डारीलाई भने उनकी वहिनी सुशीला पाण्डेले सोही शुभसाइतमा मङ्गलधुनकाबीच टीका लगाइदिनुभएको राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीले टीका लगाई मागे
प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीकाको अवसरमा दिदी विष्णुमाया सिवाकोटी र वहिनी विष्णुमाया ढकालबाट टीका थापेर आशीर्वाद लिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मध्याह्न प्रधानमन्त्रीले साइतको टीका ग्रहणगर्दै दुवै दिदीबहिनीलाई सौभाग्य सामग्री र दक्षिणा प्रदान गरेर आशीर्वाद लिएका हुन् ।
प्रधानमन्त्री ओलीले सेलरोटी खाएर तथा त्यहाँ उपस्थित आफन्तजन तथा सञ्चारकर्मीलाई रोटी, मिठाईलगायतका परिकार खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरेका थिए ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपालीहरुको ठूलो चाड भाइटीका पर्व, दिदीभाइ र दाजुबहिनीको आत्मियता प्रकट गर्ने माध्यम हो भन्दै सबै दिदीभाइ र दाजुबहिनीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
२७ कात्तिक २०७२, शुक्रवार १०:५१ बजे प्रकाशित





