पहुँचयुक्त संरचना हस्तान्तरण
काठमाडौं महानगरपालिका वडा नं ९, गुहेश्वरी मावि परिसरमा निर्मित पहुँचयुक्त संरचनाहरु आज भदौ २५ गते विद्यालय परिवारलाई हस्तान्तरण
गरिएको छ । विद्यालय परिसरमा विश्वव्यापी सिद्धान्त अनुरुप पहुँचयुक्त एक शौचालय निर्माण गरिएको छ ।
साथै प्रवेशद्धार,चमेना गृह, पुस्तकालय, मूल भवन र शौचालय जोड्ने पहुँचयुक्त र्याम्प निर्माण गरिनुका साथै पहुँचयुक्तएक धारा पनि निर्माण गरिएको छ भने ब्रेल लिपिमा कक्षाकोठा लगायत विभिन्न
ठाउँमा संकेत पाटीहरु राखिएको छ । राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले हस्तान्तरण पत्र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष
डीपी अर्याललाई प्रदान गर्नुभयो ।
२६ भदौ २०७५, मंगलवार ०४:५६ बजे प्रकाशित












