खोटाङमा सेनाको शिविरले ३१५ को साधारण उपचार

खोटाङ, कात्तिक १८ । नेपाली सेनाले सञ्चालन गरेको घुम्ती स्वास्थ्य शिविरबाट खोटाङका ११५ सर्वसाधारणले उपचार पाएका छन् ।

शेर गण मुडे ब्यारेकले दक्षिणी गाविस ओख्रे डाँडागाउँमा सञ्चालन गरेको घुम्ती स्वास्थ्य शिविरबाट विभिन्न स्वास्थ्य समस्या भोगिरहेका ११५ सर्वसाधारणले उपचार पाएका हुन् ।

सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा दिनका लागि मङ्गलबार एकदिने निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको गणपति मदन न्यौपानेले जानकारी दिनुभयो ।

शिविरमा पाठेघर खसेका, रुघाखोकी, ज्वरोलगायतका सामान्य प्रकृतिका बिरामीको उपचार गरिएको सेनाले जनाएको छ ।  जिल्लाका अन्य गाविसमा समेत घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिरहेको गणपति न्यौपानेले जानकारी दिए ।

१८ कात्तिक २०७२, बुधवार ०८:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु