नेपालगञ्जमा विद्युतीय रिक्साहरु थप चाहियो

बाँके, कात्तिक १८ । नेपालगन्जमा विद्युतीय रिक्साको माग बढ्न थालेको छ । टाँगा व्यवसायले परिचित नेपालगन्जमा पछिल्लो समय विद्युतीय रिक्साको माग बढ्न थालेको हो ।

मध्य तथा सुदूरपश्चिमाञ्चलकै एक मात्र औद्योगिक सहर नेपालगन्जमा विद्युतीय रिक्सा व्यवसाय फस्टाउँदै जाँदा पढेलेखेका र बेरोजगार भएर बसेका युवाका लागि रोजगारीको स्रोतसमेत बनेको छ ।

भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगन्जका प्रमुख चेतप्रसाद उप्रेतीका अनुसार अहिलेसम्म मुस्किलले १०० वटा रिक्सा दर्ता भएका छन् । विद्युतीय रिक्साको निश्चित तथ्याङ्क नभए पनि झन्डै ५०० को हाराहारीमा सञ्चालनमा रहेको ट्राफिक प्रहरीको अनुमान छ ।

१८ कात्तिक २०७२, बुधवार ०८:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु