मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने

काठमाडौँ, १३ फागुन । संघीय गठवन्धनमा आवद्ध मधेसी मोर्चासहितका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । सरकार गठन हुने समयमा आफुहरुसंग भएको ३ बुदे सहमति बिपरित सरकार अगाडी बढ्न थालेको भन्दै मोर्चाले अब सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताएको हो । शुक्रबार बसेको मोर्चाको बैठकले स्थानीय तहको निर्वाचन अस्वीकार्य भएको पनि निर्णय गरेको छ । बैठकले सरकारको समर्थन फिर्ता लिनुपर्ने बताएपनि औपचारिक निर्णय भने अर्को बैठकबाट लिने बताएको छ । बैठकले चुनाव घोषणाको बिरोधमा सशक्त आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।

१३ फागुन २०७३, शुक्रवार १३:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु