शान्ति समाजको १८ औँ परिषद् मङ्सिरमा

काठमाडौँ, कात्तिक १६ । मानव अधिकार तथा शान्ति समाजको १८ औँ राष्ट्रिय परिषद् बैठक आगामी मङ्सिरमा हुने भएको छ ।
मङ्सिर ४ र ५ गते म्याग्दी जिल्लाको गलेश्वरमा सम्मेलन सम्पन्न हुने समाजका महासचिव उत्तम पुडासैनीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठकमा वार्षिक गतिविधिसम्बन्धी प्रतिवेदन, लेखापरीक्षण तथा आर्थिक प्रतिवेदन, आगामी वर्षको कार्ययोजना र बजेट तथा केन्द्रीय कार्य समिति एवम् जिल्ला शाखाबाट प्राप्त आधा दर्जनभन्दा बढी प्रस्ताव उपर छलफल हुनेछ । राष्ट्रिय परिषद् बैठक समाजको सर्वोच्च नीतिनिर्णायक अङ्ग हो ।
बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, सल्लाहकार होमकान्त चौलागार्इं, केन्द्रीय कार्य समिति पदाधिकारी तथा सदस्य, विभागीय संयोजक र जिल्ला शाखाका प्रतिनिधि गरी २०० जनाभन्दा बढीको सहभागिता रहने छ ।
१५ कात्तिक २०७२, आइतवार २२:१० बजे प्रकाशित