बस दुर्घटनामा मारिएकाप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

pushpa-kamal-dahal-prachanda_650x400_81468312367काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेपलाञ्चोकको बिर्ता देउरालीमा आज भएको बस दुर्घटनामा परी दिवङ्गत भएका व्यक्तिको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन ।

घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै तत्काल उद्धार कार्यमा खटिने सबैलाई धन्यवाद दिँदै उनले तत्काल घाइतेको उपचारमा लाग्नसमेत स्वास्थ्यकर्मी एवम् सबैलाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।

सोमबार भएको बस दुर्घटनामा ३२ को मृत्यु भएको छ भने करिब २५ घाइते छन ।

यसैबीच गृहमन्त्री विमलेन्द्र निधि साँझ ट्रमा सेन्टर पुगेर घाइतेहरूको उपचारमा सरकारकातर्फबाट कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गरेका छन ।

उनले घाइतेको सम्पूर्ण उपचारखर्चसमेत सरकारले नै बहोर्ने बताएका गृह मन्त्रालका प्रवक्त यादव कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

३१ साउन २०७३, सोमवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु