दाबाको अध्यक्षतामा शेर्पा समाजको कार्यसमिती चयन

14017888_1229981437032097_2110987871_nकाठमाण्डौ,  ३१ श्रावण । शेर्पा जातिको भाषा, धर्म र सँस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले स्थापित हिमाली शेर्पा समाजको छैठौं अधिवेशनले दाबा शेर्पाको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ ।
२०५७ सालमा स्थापित समाजले दोलखा, सिन्धुपाल्चोक र रामेछाप लगायतका क्षेत्रमा बसोबास गर्दै आएका शेर्पा जातिको धर्म, संस्कृति र भाषाको संरक्षण लगायत विभिन्न सामाजिक कार्यहरुमा समेत क्रियाशील रहँदै आएको छ । विशेष गरेर स्थानीय स्तरमा विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रुपमा क्रियाशील समाजले २०७० सालको दार्जुलाका बाढी पीडिहरुलाई सहयोगार्थ नेपाल सरकारको कोषमा २ लाख सहयोग गरेको, गत सालको भूकम्प पीडितहरुका निम्ति आर्थिक र भौतिक सहयोग गरेको, स्थानीय स्तरमा एम्बुलेन्स सेवा सञ्चालनका साथै शैक्षिक विकासमा समेत सक्रिय रुपमा क्रियाशील रहँदै आएको छ ।

नव विर्चाचित अध्यक्ष शेर्पाले भोलिका दिनमा शेर्पा भाषाको संरक्षण र प्रबद्र्धन गर्दै युवा लक्षित कार्यक्रम सम्पन्न गर्ने योजना बनाइएको बताए ।

३१ साउन २०७३, सोमवार ०६:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु