आइएसको कब्जामा रहेको मानविज शहर कुर्दिस सेनाद्धारा मुक्त

151118-isis-propaganda-victory-over-al-qaeda-yh-1115a_97488d8474eaebd0d68799081cbf89b6.nbcnews-fp-1200-800एजेन्सी, २९ साउन । कुर्दिस तथा अरब लडाकुको संयुक्त गठबन्धनले सिरियाको मानबिज शहरलाई बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको कब्जाबाट मुक्त पार्न सफल भएका छन् । सिरियाको उत्तरी शहर मानबिजबाट आफूहरुले आइएसका लडाकुलाई लखेटेको कुर्दिस लडाकुले दाबी गरेका छन ।

७३ दिनको संघर्ष पछि सो क्षेत्र आफ्नो कब्जामा लिन सफल भएको उनिहरुले बताएका छन् । साथै आइएसले मानव ढाल रुपमा प्रयोग गरेका दुई हजार सर्वसाधारणलाई पनि उनीहरुको कब्जाबाट छुटाएको कुर्दिस लडाकुलाई उधृत गर्दै बीबीसीले जनाएको छ । टर्कीको सीमा नजिक रहेको मानबिज शहर दुई वर्ष अघि आइएसले नियन्त्रणमा लिएको थियो ।

मानबिज शहर आईएस बाट मुक्त गराईएसँगै अब आइएसका लडाकु सजिलोसँग युरोप प्रवेश गर्न नसक्ने बिबिसीले जनाएको छ । आइएसका लडाकु मानबिजबाट टर्की हुँदै युरोपका विभिन्न देश प्रवेश गरेर आक्रमण गर्ने गरेका थिए ।

२९ साउन २०७३, शनिवार ११:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु