लाप्राक दुई वर्षभित्र नमुना वस्ती

timthumbगोरखा । गोरखाको लाप्राकलाई दुई वर्षभित्र नमुना बस्ती बनाइने भएको छ ।  गैरआवासीय नेपाली संघ र सरकारबीच गएको बर्षको विनाशकारी भुकमपबाट पूर्णरुपमा क्षतिग्रस्त भएको लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउने सहमती भएको छ । लाप्राकमै भएको बिशेष कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार गैरआवासीय नेपाली संघले लाप्राकको साविक अस्थायी बस्ती रहेको स्थानमा एकीकृत बस्ती विकास गर्ने छ । हस्ताक्षरपछि संघका अध्यक्ष शेष घलेले तत्कालै बस्ती विकास गुरुयोजना तयारी पारेरसरकारलाई बुझाइने बताए ।  कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अब दुःख मानेर बसिरहने अबस्था नरहेको भन्दै  युवाहरुलाई पुनर्निर्माण अभियानमा सक्रियता पूर्वक लाग्न आग्रह गरिन । बस्ती विकासमा गैरआवासीय नेपाली संघले लगानी गर्ने र गाउँसम्म आउने बाटो, पानी र बिजुलीका लागि सरकारले सहयोग गर्ने छ ।

१२ वैशाख २०७३, आइतवार १५:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु