सरकार ढाल्नलाई सहमतिको सरकार होईन : गृहमन्त्री
काठमाण्डौँ, १३ चैत । गृहमन्त्री शक्ति बहादुर बस्नेतले वर्तमान सरकार ढाल्नलाई सहमतिको सरकारको कुरा नगरेको बताएका छन । शनिवार बिहान दाङ् घोराहीमा आयोजित इन्द्रेणी अनलाइन शुभारम्भ तथा पत्रकार भेटघाट कार्यक्रममा उनले संविधान कार्यान्वयन गर्न मुख्य राजनीतिक दलहरु एकठाउँमा आउनुपर्ने भएकाले माओवादीले राष्ट्रिय सरकारको बिषयमा छलफल चलाइरहेको बताए ।
सरकार पनि सहमतिको सरकारका पक्षमा भएपनि प्रमुख प्रतिपक्षी दलका कारण सम्भव नभएको उनको भनाई छ ।
गृहमन्त्री बस्नेतले संबिधानका बिषयमा उठेका असमझदारी संवादकै माध्यमबाट हल गर्न सकिने भन्दै असन्तुष्ट मधेशवादीदलहरुलाई आन्दोलन छाडेर राजनीतिक संवाद समितिमा सहभागी हुन आग्रह गरे ।
१३ चैत २०७२, शनिवार ०६:०७ बजे प्रकाशित