नेपाल–चीनबीच १० बुँदे सम्झौता, मुख्य पारवहन तथा यातायात
काठमाडौं, ८ चैत । नेपाल र चीनबीच पारवहन, व्यापार, बिकास तथा बैंकसँग सम्बन्धित १० बुँदे सम्झौता भएको छ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछयाङले ती सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएका हुन् ।
चिनियाँ संसद भवन ग्रेट हल अफ पिपलमा दुईपक्षीय औपचारिक वार्तापछि पश्चात भएको नेपाललाई चिनियाँ बन्दरगाहासम्म पहुँच दिन आधार तयार पार्ने पारवहन सम्झौतालाई महत्वका साथ हेरिएको छ । नेपाल र चीनबीच स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुविधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्यास तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका सम्झौता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
८ चैत २०७२, सोमवार ०७:३६ बजे प्रकाशित