भण्डारीले दिइन् ‘क्रिसमस डे’ को शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरुको महान पर्व ‘क्रिसमस डे’ को शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।

क्रिसमस, विश्व भरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो ।

इसाई धर्मका अनुयायीहरूलेहरेक वर्षको डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक सांस्कृतिक उत्सवकारूपमा ‘क्रिसमस डे’मनाउँदछन् ।

उनले यस्ता धार्मिक उत्सव एवं चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भारव, सहिष्णुता रऐक्यवद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

यसबाट दिगो शान्ति प्रवर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने समेत बताएकी छन् ।

१० पुस २०७७, शुक्रवार १०:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु