निर्वाचनको मुख्य दिन के गर्दैछन् ट्रम्प र बाइडेन?

आज आगामी चार वर्ष अमेरिकाको भविष्य कस्तो बनाउने भन्ने कुराको फैसला गर्न अमेरिकी मतदाताहरुले मतदान गरिरहेका छन् । रिपब्लिन उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेट उमेदवार जो बाइडेनमध्ये एकजनालाई आगामी चार वर्षका लागि अमेरिकाको राष्ट्रपतिको रुपमा चयन गर्ने भएका छन् ।
यसअघि गरिएका मत सर्वेक्षणका नतिजा अनुसार जो बाइडेनले अग्रता लिएका थिए । तर, मत परिणाम आएपछि मात्रै अमेरिकी नागरिकले कसलाई अवसर दिनेछन् भन्ने कुरा थाहा हुन्छ । निर्वाचनको दिन उमेदवार र समर्थकलाई साँच्चिकै एक व्यग्र प्रतिक्षाको क्षण हुने गर्दछ । जब मतदान सकिन्छ तब वास्तविक पर्खाइ सुरु हुन्छ ।
१८ कात्तिक २०७७, मंगलवार १९:२८ बजे प्रकाशित