थापालाई विभूति घोषणा गर्न माग
कञ्चनपुर, १ फागुन । नेपाल मगर सङ्घ कञ्चनपुरले सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।
सङ्घका केन्द्रीय सदस्य पूर्णसिंह थापाले सहिद थापालाई राष्ट्रिय विभूतिसँगै सरकारी कार्यालयमा तस्बिर राखिनुपर्ने, फागुन २ गतेदेखि सहिद सप्ताह सुरु गरिनुपर्ने र त्यस दिन सार्वजनिक बिदा दिइनुपर्नेलगायतका माग अघि सारिएको बताए ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत शुक्रबार सङ्घका जिल्ला अध्यक्ष सीता थापामगरसहितको टोलीले पाँच बँुदे ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाइएको केन्द्रीय सदस्य थापाले जानकारी दिए।
१ फागुन २०७२, शनिवार ०२:४६ बजे प्रकाशित