कलाको कुनै पनि मूल्य हुँदैन
चितवन, १ फागुन । चितवनको सौराहास्थित मुख्य चोकमा डि ९दामोदर० बरालको आर्ट ग्यालोरी छ । प्रायः पर्यटकको चहलपहल हुने सौराहाको गैँडाचोक (ठमेल)मा बस्नुहुन्छ बराल ।
जङ्गली जनावर हेर्न आउने गरेका यहाँका पर्यटक नेपाली संस्कृति र हिमाल तथा जातजातिका भेषभूषा मनपराउने गर्छन् । त्यसैले चित्रकार बराललाई जङ्गली जनावरको भन्दा नेपाली संस्कृति र रहनसहनको बारेमा चित्र कोर्न अहिले व्यस्त हुनुहुन्छ ।
बराल भन्नुहुन्छ, “सौराहा र जङ्गली जनावरभन्दा हिमाल र जातजातिका संस्कृतिमा पर्यटकको मन जाने भएकाले त्यसकै चित्र कोरेर भ्याइ नभ्याइ छ ।”
एकजना आन्तरिक पर्यटक रामकुमार शर्मा ग्यालरीमा चित्र आकर्षक कोरिएको बताउनुहुन्छ । दृष्य चित्रले उहाँको ग्यालरी भरिएको छ । सगरमाथा, अन्नपूर्ण हिमाल, हिमाली संस्कृतिका आकर्षक चित्रले ग्यालरी मनमोहक छ । केही चराका चित्र पनि सजाइएको छ ।
चौतिस वर्षका बरालको सानैदेखिको सोख हो । कुन समयबाट चित्र कोर्न थालियो भनेर उहाँलाई यकिन छैन । “कतिखेर चित्रकार भएँ मलाई थाहै छैन” बरालले भन्नुभयो, “साथीभाइको लहैलहैमा चित्र कोरियो पछि व्यावसायिक बन्दा खुसी लागेको छ ।”
भरतपुर घर भए पनि सौराहामा संस्कृति कोरेर पर्यटकलाई चित्र बेच्नु मुख्य पेसा भएको छ बरालको । विशेष गरी चित्र किन्ने विदेशी पर्यटक ९० प्रतिशत बढी हुने उहाँ बताउनुहुन्छ । विदेशमा बसेर फर्किएका नेपालीले पनि केही चित्र लाने गरेको अनुभव बरालको छ ।
एउटा चित्रको रु ९० हजारसम्म लिएको उहाँलाई थाहा छ । “तर चित्रको कुनै मूल्य नै हुँदैन रहेछ, बरालले भन्नुभयो, पर्यटकलाई कला र संस्कृतिको प्रवद्र्धन गर्न गर्न पाउँदा खुसी लागेको छ ।”
आफूले बनाएका नेपालका संस्कृति विभिन्न १०० भन्दा बढी देशमा पुगेको कलाकार बरालको अनुमान छ । विसं २०५६ बाट कला औपचारिक सुरु गर्नुभएको बराल व्यावसायिकरुपमा लागेको १४ वर्ष भयो ।
अहिले उहाँको कला कोर्ने र बेच्ने एकमात्र पेसा छ । यसरी चित्र कोर्ने पेसामा मात्रै लाग्ने व्यावसायिक कमै कलाकार मध्यमा उहाँ पनि पर्नुहुन्छ ।
पोरखाका कार्टुनिस्ट दुर्गा बराल ९वात्सायान० बाट चित्र कोर्न सिक्नुभएका उहाँ ललितकलामा प्रवीणता प्रमाणपत्र तह पढ्नुभएको छ । थाइल्यान्ड, भारतलगायत देशमा उहाँको चित्र प्रदर्शनी भइसकेको छ ।
सौराहामा पर्यटकको आगमन कम भएकाले अहिले अलि गाह्रो भएको भन्दै उहाँले पर्यटक सिजनमा यहाँ कला बेचेर राम्रो आम्दानी गर्न सक्ने बताउनुहुन्छ ।
पानी, तेल कलर र एग्रिलिकलगायत सबै कलरबाछ पेपर र क्यान्भास सबैमा उहाँको कला निखारिएको छ । उहाँ भन्नुहुन्छ “पर्यटकीय क्षेत्रमा गाउँ र संस्कृति चिनाउने अभियान मेरो हो ।”
रासस
१ फागुन २०७२, शनिवार ०२:४३ बजे प्रकाशित