प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्ता जारी !
काठमाण्डौँ, ७ माघ । सहमतिका लागी प्रमुख तीन दल र मधेसी मोर्चाले आज पनि वार्ता गरिरहेका छन् ।
बिहानबाट वार्ता चलिरहेपनि दुई तीन चरणमा छलफल गरी मधेस आन्दोलन विसर्जन गर्न सबै प्रयास गर्ने प्रमुख दलको तयारी छ ।
मधेसी मोर्चा र सरकार सम्बद्ध दलबीच बनेको कार्यदलबाट समस्या समाधान नहुने भन्दै मधेसी मोर्चाले कार्यदलसँग छलफल नगर्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्षस्तरमा वार्ता शुरु गरेका हुन् ।
वार्तामा मधेसी मोर्चाले अघि सारेको ६ बुँदे प्रस्तावमा छलफल भइरहेको छ। राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र सीमांकन विवाद टुंग्याउन मधेसी मोर्चा सहमत भइसकेको छ तर, संयन्त्रको टीओआर बारे विवाद भएपछि कार्यदल स्तरको वार्ता भाँडिएको थियो ।
आजै जतिसके सहमतिको नजिक पुग्ने पुरानै बोली नेताहरुले वालुवाटार वार्ता अघि दोहोर्याएका थिए ।
७ माघ २०७२, बिहीवार ०४:३५ बजे प्रकाशित