क्लबलाई १५ लाख बराबरको जग्गादान !

झापा, २२ पुस । झापाको कनकाई नगरपालिका–१ का कुमारबहादुर खत्रीले आफ्ना दिवङ्गत मातापिताको नाममा रु १५ लाखबराबरको जग्गा कनकाई बिहानी क्लबलाई दान गरेका छन् ।

जग्गादाता खत्रीले मङ्गलबार एक कार्यक्रमबीच क्लबका अध्यक्ष मनोज बस्नेतलाई १५ धुर जग्गा दान गरेका हुन् । सो जग्गामा क्लबको भवन र मन्दिर निर्माण गरिने अध्यक्ष बस्नेतले बताए ।

२२ पुस २०७२, बुधवार ०४:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु