सबै जाति र वर्गको अधिकार सुनिश्चित छ – मन्त्री शर्मा

दाङ, २० पुस । ‘जनताको संविधान जनताकै माझमा’ भन्ने राष्ट्रव्यापी प्रचार अभियानअन्तर्गतको कार्यक्रम आइतबार दाङको घोराहीमा सम्पन्न भएको छ ।

जनताका प्रतिनिधिले बनाएको संविधान तिनै जनतालाई जानकारी गराउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा सामान्य प्रशासनमन्त्री रेखा शर्माले संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र सबै जातजाति, समुदाय र वर्गको अधिकतम अधिकारहरु सुनिश्चित गरेको बताए ।
जिविस, दाङ र घोराही नगरपालिकाको आयोजनामा गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले संविधान उत्कृष्ट भए पनि नागरिकलाई सोबारेमा जानकारी हुन नसकेको बताएका थिए ।

यस्ता कार्यक्रम बन्द कोठामा होइन आमनागरिकको पहुँच हुने स्थानमा गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा सभासद् बुद्धिराम भण्डारी, प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेसहित विभिन्न दलका प्रतिनिधि, नागरिक समाज, सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो ।

२० पुस २०७२, सोमवार ०३:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु