भारतीयले गराएको दुर्घटनामा दुईको मृत्यु

मोरङ, २० पुस । विराटनगरमा भारतीय लहरीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर–१७ का ४५ वर्षीय पवन यादव र पछाडि सवार सप्तरीका ६० वर्षीय सर्जु यादव छन् ।

प्रहरीका अनुसार आइतबार साँझ दक्षितर्फ आउँदै गरेको भारतीय एमएल ०१ डी ३३३० नंको लहरीले को१०प ९६५२ नंको मोटरसाइकललाई सोही दिशाबाट ठक्कर दिएको थियो ।

स्थानीयवासीले घटनापछि लहरीको सिसा फुटाइदिएका छन् । चालक र सहचालक फरार छन् । बे्रक फेल भई अनियन्त्रित भएको लहरी टेलिफोनको पोलमा ठोक्किएको थियो ।

रासस

२० पुस २०७२, सोमवार ०३:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु