चिया निर्यात आयोजनाले माग्यो कर्मचारी
नेपालको दिगो विकासका लागि चिया निर्यात आयोजनाले रोजगारी दिन लागि आवेदन माग गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै माताहतको आयोजनाका लागि न्यास्नल प्रोजेक्ट म्यानेजर र मनिटरीङ तथा रिर्पोटिङ अफिसर गरी दुई पदमा आवेदन माग गरेको हो ।
न्यास्नल प्रोजेक्ट म्यानेजर पदमा आवेदन दिन कृषि, अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर गरेको र १० वर्षको कार्यअनुभव हुनुपर्छ ।
यस्तै मनिटरीङ तथा रिर्पोटिङ अफिसर पदमा आवेदन दिन व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेकाले आवेदन दिन सक्नेछन् ।
उक्त पदमा आवेदन दिन पाँच वर्षको कार्यनुभव हुनुपर्ने कम्पनीले जनाएको छ।
ईच्छुक, योग्य उम्मेदवारले दुवै पदमा माघ १५ गतेसम्म आवेदन दिन सकिने छ ।

५ माघ २०७७, सोमवार १५:०५ बजे प्रकाशित





