भारतले दुईवटा कोरोनादेवी मन्दिर बनायो

भारतको तमिलनाडु राज्यमा रहेको कोयम्बटुरमा कोरोनादेवीका दुईवटा मन्दिर बनाइएको छ ।

एउटा प्रतिमा चन्दनको काठबाट बनाइएको छ भने अर्को चाहिँ प्रस्तरबाट बनेको छ ।

मन्दिरमा पुजारीहरूले दैनिक प्रार्थना गरिरहेका छन् । देशमा संक्रमण बढिरहेको बेलामा यस्तो प्रार्थना गरिएको हो ।

कामाचीपुरी अधिनाम मन्दिरमा भक्तजनलाई आउन दिइएको छैन तर पुजारीहरू देवी प्रतिमाको पूजाआजा गरिरहेका छन् ।

पुजारीहरूले प्रतिमामा नैवेद्य र अन्य कुरा चढाउने गरेका छन् र बेसारपानी तथा दूध चढाइरहेका छन् । महामारी अन्त्य होस् भनी उनीहरूले प्रार्थना गरिरहेका छन् ।

‘हामीले बिफर, दादुरा र प्लेगका लागि पनि मन्दिर बनाएका थियौं, । हामी भाइरसलाई देवीको स्वरूपमा पूजा गरिरहेका छौं र यस रोगको असर घटोस् भनी प्रार्थना गरिरहेका छौं,’ मन्दिर व्यवस्थापक आनन्दभारती केले बताए ।

१४ जेठ २०७८, शुक्रवार ११:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु