‘रियलमी जीटी फाइभजी’ सार्वजनिक के छ विशेषता ?

३ असार काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले विश्वबजारमा आफ्नो पछिल्लो फ्ल्यागशिप फोन रियलमी जीटी फाइभजी सार्वजनिक गरेको छ ।

क्वालकम स्न्यापड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले प्रयोगकर्तालाई उच्च गुणस्तरीय अनुभूति प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

यो फोनमा १२० हर्जको रिफ्रेस रेटसहित ६.४३ इन्चको सामसङ सुपर एमोलेड डिस्प्ले छ । त्यस्तै फोनमा सोनी ६४ एमपी ट्रिपल क्यामेरा जडान छ, जसमा नयाँ नाइट पोर्ट्रेट मोड र एआई क्षमता रहेकाले व्यवसायिक फोटो खिच्न सकिने जनाइएको छ ।

८.1२८ जीबी र १२/२५६ जीबी भेरियन्टमा यो फोन उपलब्ध छ, जसको मूल्य युरोपेली बजारमा क्रमशस् ४४९ र ५९९ यूरो तोकिएको छ ।

१८६ ग्रामभन्दा कम तौल र अधिक पातलो डिजाइनका बाबजुद यसमा ४५०० एमएएच ब्याट्री र ६५ वाटको सुपरडर्ट चार्जिङ सपोर्ट रहेको छ, जसले फोनलाई केवल ३५ मिनेटमा पूर्ण चार्ज गर्न सहयोग गर्छ ।

रियलमी जीटी पहिलो उपकरणमध्ये एक हो, जसले एन्ड्रोइड १२ बेटालाई सपोर्ट गर्दछ । रियलमीले यस वर्षको अन्तमा नयाँ रियलमी युएआई सुरू गर्नुअघि आफ्ना प्रयोगकर्ताको प्रतिक्रिया संकलन गर्न एन्ड्रोइड १२ डेभलपर पूर्वावलोकन कार्यक्रम जारी राख्ने जनाएको छ ।

यो फोन हाल पोल्याण्ड, स्पेन, रसिया, थाइल्याण्ड लगायतका केही देशमा उपलब्ध गराइएकोमा चाँडै नै विश्वभरका बजारमा विस्तार गर्ने लक्ष्य लिइएको छ ।

३ असार २०७८, बिहीवार १२:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु