कोराना संक्रमितलाई भाइबरमार्फत निःशुल्क स्वास्थ्य परामर्श

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ बाट संक्रमित व्यक्तिहरुका लागि ‘हेल्लो डक्टर’ अभियान सुरु गरेको छ ।

शनिबारदेखि सुरू भएको यो अभियानअन्तर्गत कोभिड संक्रमित भई घरमै आइसोलेसनमा बसेका बिरामीहरुले चिकित्सकसँग सल्लाह लिन चाहेमा भाइबर नम्बर २११११२११११ मा म्यासेज गर्न सक्छन् ।

संक्रमितको नाम, उमेर र ठेगानासहित म्यासेज पठाएपछि ‘डक्टर अन कल’का चिकित्सकले बिरामीलाई भाइबरमार्फत स्वास्थ्य परामर्श दिनेछन् ।

२५ वैशाख २०७८, शनिवार १३:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु