गुगल प्ले स्टोरबाट यसकारण हट्यो पेटिएम एप

गुगलले शुक्रबार प्ले स्टोरबाट भारतीय मोबाइल पेमेन्ट कम्पनी पेटिएमको एप हटायो । बारम्बार प्ले स्टोरको नियम उल्लंघन गरेको भन्दै गुगलले यो एप हटाएको थियो ।
फेन्टासी गेम चलाइरहेका कारण भारतमा यो एपको नयाँ डाउनलोड निषेध गर्ने कदम गुगलले लिएको थियो ।
गुगलका अनुसार पेटिएम एपले अनलाइन क्यासिनो र स्पोर्ट्स बेटिङ खेल पूर्व हुने सट्टेबाजी लाई प्रश्रय दिएको छ ।
गुगलले खेलमा सट्टेबाजीका लागि अनलाइन क्यासिनो वा ग्याम्बिलिङ गर्ने एप आफ्नो नियम अन्तर्गत नपर्ने उल्लेख गरेको छ ।
यस्ता एपले सट्टेबाजी गर्ने फिचर राखी प्रयोगकर्तालाई बाहिरी वेबसाइट लैजान प्रोत्साहन गर्छन्, यसअन्तर्गत सबै प्रयोगकर्ताबाट पैसा असुल्ने र सही अनुमान लगाउनेलाई रकम पुरस्कार दिने गर्छन्छ ।
प्ले स्टोरबाट पेटिएम एप हटाइएको केही घण्टामै पुनः एप उपलब्ध भने भयो । कम्पनीले गुगलको शर्त मानी इस्यु फिक्स गरेपछि एप पुनस् स्टोरमा उपलब्ध भएको हो ।
यता आजदेखि इण्डियन प्रिमियर लिग आईपीएल सुरु हुँदै छ । आईपीएलको एक प्रायोजकमा पेटिएम रहेको छ ।
आईपीएलकै लागि लक्षित गरी अहिले अनलाइन क्यासिनो र खेलमा सट्टेबाजी गर्ने एप सार्वजनिक भइरहेको छ ।
३ असोज २०७७, शनिवार १९:१४ बजे प्रकाशित