भिजाले ल्यायो नेपालका लागि पेमेन्ट सेक्युरिटी रोडम्याप

ग्लोबल पेमेन्ट टेक्नोलोजी कम्पनी भिजाले नेपालका लागि पेमेन्ट सेक्युरिटी रोडम्याप ल्याएको छ ।

पछिल्लो समय स्मार्टफोन र ल्यापटप जस्ता डिभाइसबाट भुक्तानी गर्ने अभ्यास बढेसँगै भिजाले सुरक्षित डिजिटल भुक्तानीका लागि सहयोग पुर्‍याउन यो रोडम्याप ल्याएको बताएको छ ।

रोडम्याप सुरूवात गर्दै भिजा एसिया प्यासिफिकका हेड अफ रिस्क जो कनिङ्गहमले नयाँ रोडम्यापले नेपाली संस्थालाई विश्वव्यापी मापदण्ड र उत्तम अभ्यासमा काम गर्न सहयोग पुर्‍याउने बताए ।

भिजाले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोगमार्फत विश्वमा वार्षिक २५ विलियन अमेरिकी डलर ठगी रोकेको दाबी गरेको छ ।

रोडम्यापमा संवेदनशील पेमेन्ट डेटा हटाउने, व्यक्तिगत तथा खाता विवरणको सुरक्षा गर्ने, संम्भावित ठगी हुनुभन्दा पहिले नै पहिचान गर्ने, अकाउन्ट होल्डर र मर्चेन्ट सबैलाई भुक्तानी प्रक्रिया सुरक्षित गर्न सक्रिय भूमिका खेल्न सक्षम बनाउने लगायतका विषय उल्लेख गरिएको छ ।

२६ भदौ २०७७, शुक्रवार १८:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु