एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि
तनहुँको ब्यास नगरपालिका– १ मा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ब्यास–१ भादगाउँ रतौली टोलमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रहरी दम्पत्तिको घरमा कोरोना संक्रमण देखिएको हो । श्रीमान लमजुङ र श्रीमती तनहुँमै कार्यरत प्रहरी हुन् ।
प्रहरी दम्पत्तिकी आमाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्यमा कोरोना परीक्षण गरिएको थियो ।
‘आमालाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अरु सदस्यलाई पनि स्वाब परीक्षणका लागि बोलाइएको थियो,’ ब्यास नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले भने, ‘घरका ४ र आफन्त तथा सवारी चालकसहित ८ जनाले पोखरा गएर स्वाब दिँदा थप ४ जनामा कोरोना पोजेटिभ देखियो ।’
महिला कार्यरत प्रहरी कार्यालय तनहुँका २७ जना प्रहरीको सम्पर्क पहिचान गरी स्वाब नमूना संकलन गरिएको छ ।
३२ साउन २०७७, आइतवार १४:१७ बजे प्रकाशित
						 



