नेपाल प्रहरीका दुई जना डीआईजीमा कोरोना संक्रमण पुष्टि

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक डीआईजीमा संक्रमण भेटिएको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकृतले संक्रमण देखिएको पुष्टि गरेका छन् । हालसम्म अस्पतालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको उनले बताए ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले भने हाल प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १५५ जनामा सक्रिय संक्रमण रहेको बताए । हाल प्रहरी अधिकारीको पीसीआर परीक्षण प्रहरी अस्पतालमै गरिँदै आएको छ ।

३२ साउन २०७७, आइतवार १३:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु