मास्क नलगाउनु र सामाजिक दूरी कायम नगर्नु आत्मघाती
कोरोना समुदायमा फैलिएको यकिन गर्न सर्वेक्षण गरिने
कोरोनाभाइरसको सङ्क्रमण समुदाय स्तरमा पुगे वा नपुगेको यकिन गर्न केही दिनमै अध्ययन सुरु गर्न लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
सातै प्रदेशमा गरिने उक्त अध्ययनले कोरोनाभाइरसको रोकथाम र नियन्त्रण गर्न भविष्यको रणनीति बनाउन सहज हुने अधिकारीहरूको भनाइ छ।
यात्रा नगरेका व्यक्तिहरूमा पनि सङ्क्रमण देखिएपछि कतिपय विज्ञ र स्थानीय तहका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस समुदायमा फैलिसकेको बताउने गरेका छन्।
अहिलेसम्म सरकारी निकायहरूले सङ्क्रमण कलस्टर वा समूहसम्म मात्रै पुगेको एवम् समुदायमा नपुगेको दाबी गर्दै आएका छन्।
मास्क नलगाउनु र सामाजिक दूरी कायम नगर्नु आत्मघाती
कोरोनाभाइरस सङ्क्रमण भएर बिरामी परेका व्यक्तिलाई नेपालमा के औषधि दिइन्छ
दुई साताअघि नै कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्या उल्लेख्य बढेको वीरगञ्जका चिकित्सकहरूले अध्ययन नभए पनि सङ्क्रमण समुदायमा पुगिसकेको देखिएको दाबी गरेका थिए।
यसबारे अध्ययन गर्न केही दिनअघि नै स्वास्थ्य मन्त्रालयबाट निर्देशन पाइसकेको महाशाखाले अध्ययनका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमति लिएको छ।
केही दिनमै सर्वेक्षणकर्ता र प्रयोगशालाका व्यक्तिहरू सम्बन्धित क्षेत्रमा परिचालन हुने महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले बताए।
पाण्डेले भने, ‘दुई हप्तामा नमुना सङ्कलन सकिन्छ। त्यसपछि प्रयोगशालामा परीक्षण गर्दा एक महिनामा नतिजा थाहा हुन्छ।’
यो सर्वेक्षण सातै प्रदेशमा गरिने र छ हप्तासम्म देशभित्रै बसेका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका उमेर समूहमा मानिसहरूलाई सहभागी गराइने बताइएको छ।
काठमाण्डू उपत्यकामा ुतीन वर्गका सङ्क्रमितु, कोरोनाभाइरस समुदायमा नफैलिएको दाबी
वुहानभन्दा धेरै दिन लकडाउन तर नेपालमा किन हुन सकेन सङ्क्रमण नियन्त्रण
काठमाण्डूमा कोभिड(१९ सङ्क्रमण ुसमुदाय स्तरमा फैलिएकोु आशङ्काकाबीच के गर्दैछ सरकार
अध्ययनका लागि उमेर हेरेर ३ देखि ५ मिलिलिटर रगत लिइने र त्यसको प्रयोगशालामा परीक्षण गरिने छ।
अध्ययनको नतिजाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा रणनीति बनाउन सहज हुने पाण्डेले बताए।
उनले भने, ‘बाहिरै नगएको मानिसलाई छ कि छैन भनेर यो सिरोलजिकल प्रक्रियाबाट हेर्यो भने अहिलेसम्म भनेको क्लस्टर मात्रै हो कि समुदायमा पनि सङ्क्रमण गइसकेको छ भन्ने कुरा थाहा हुन्छ।’
यो सर्वेक्षणबाट थाहै नपाई निको भएका र लक्षण नदेखिएरै पनि निको भएका बिरामीबारे पनि विवरण आउने जनाइएको छ।
२९ साउन २०७७, बिहीवार २२:४४ बजे प्रकाशित