रुसले बनाएको कोरोना भ्याक्सिनबारे डब्लुएचओ अनभिज्ञ
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले रुसले तयार गरेको भनिएको कोरोना भ्याक्सिनबारे आफूलाई जानकारी नभएको बताएको छ।
भ्याक्सिनबारे जानकारी नै नभएकाले त्यसको मूल्यांकन गर्ने कुरै नआउने डब्लुएचओको भनाइ छ।
गत हप्ता डब्लुएचओले रुसलाई कोरोनाको भ्याक्सिन बनाउँदा डब्लुएचओले तयार गरेको अन्तर्राष्ट्रिय मापदण्ड पालन गर्न भनेको थियो।
डब्लुएचओ अन्तर्गतको प्यान–अमेरिकन हेल्थ अर्गनाइजेसनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘ब्राजिलले पनि कोरोना भ्याक्सिन उत्पादन सुरु गर्ने भनेको छ। तर, ट्रायल पूरा नगरी उत्पादनमा जान मिल्दैन।’
भ्याक्सिन बनाउने जोकोहीले त्यसको विश्वसनीयतामा ध्यान दिनुपर्ने र डब्लुएचओले त्यसलाई सिफारिस गर्नुपर्ने उनको भनाइ थियो।
२८ साउन २०७७, बुधवार ०६:४४ बजे प्रकाशित













