सरकारले तोक्यो पिउने पानीको मूल्य , अधिकतम खुद्रा मुल्य रु. ५०

वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतलबन्द पानीको न्युनतम समर्थन मूल्य तोकेको छ ।

विभागद्धारा असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको हो ।

नयाँ मूल्य अनुसार एक जार प्रशोधित पिउने पानीको अधिकतम् खुद्रा मूल्य ५० र बोतलको मूल्य १६ रुपैयाँ तोकिएको हो ।

विभागले तोकेको नयाँ मूल्य भदौबाट लागु हुने विभागका निर्देशक एवम अध्ययन कार्यदलका संयोजक सागर मिश्रले जानकारी दिए ।

प्रशोधित पानी प्रतिजार डिस्ट्रीब्यूटर मूल्य ३५ रुपैयाँ तोकिएको छ ।

प्रशोधित पानी १ लिटर बोटल प्रति कार्टुनको डिस्ट्रीब्यूटर मूल्य भने १ सय ३० प्रतिकार्टुन कायम गरिएको छ ।

२६ साउन २०७७, सोमवार १४:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु