नेकपा महासचिव पौडेललाई कोरोनाको आशंका, घरमै आइसोलेसनमा बसे
पौडेलका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि

अंगरक्षक पीएसओलाई कोरोना संक्रमण पुष्टि भएपछि सत्तारुढ (नेकपा) महासचिव विष्णु पौडेल भेटघाट बन्द गरेर घरमै आइसोलेसनमा बसेका छन् ।
पौडेलसहित उनका अंगरक्षकको शुक्रबार स्वाब संकलन गरिएको थियो । आइतबार आएको रिपोर्टमा पौडेलका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आफ्नो रिपोर्ट नेगेटिभ आए पनि अंगरक्षकसँगै हिँडेको हुँदा आफू आइसोलेसनमा बसेको महासचिव पौडेलले बताए ।
‘शुक्रबार पीसीआर टेस्ट गरेका थियौं । हामी सबैको रिपोर्ट नेगेटिभ आयो । तर पीएसओको रिपोर्ट पोजिटिभ आयो । रिपोर्ट आउनुअगाडि हामीसँगै एउटै गाडीमा हिँडिरहेका थियौं । रिपोर्ट आइतबार दिउँसो आयो । त्यसकारण म आइसोलेनमा बसेको छु,’ पौडेलले भने, ‘उहाँ पीएसओलाई कुनै लक्षण देखिएको थिएन ।’
रिपोर्ट आएपछि पौडेलका पीएसओ हस्पिटल गएका छन् भने पौडेल सबै भेटघाट बन्द गरेर घरमा बसेका छन् । उनले भने, ‘अब एकरदुई दिनपछि फेरि परीक्षण गर्ने कुरा भएको छ । त्यतिबेलासम्म म घरमै बस्छु ।’
यसअघि अध्यक्ष दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी पनि निवासमै छन् । तर, दाहालको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । यद्यपि पुनस् परीक्षण हुने भएको छ ।
शुक्रबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।
२५ साउन २०७७, आइतवार २१:५० बजे प्रकाशित