थप ३८० जनामा कोरोना संक्रमण पुष्टि
आइतबार नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।
कोरोना संक्रमण निको भइ १६३५३ जना डिस्चार्ज भएका छन् ।
२५ साउन २०७७, आइतवार १७:१८ बजे प्रकाशित




