ट्राफिक महाशाखाका प्रहरीमा कोरोना संक्रमणको स्रोत भेटिएन

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी पाएको ट्राफिक महाशाखा यतिबेला सिल गरिएको छ । प्रहरी वरिष्ठ उपरिक्षक ९एसएसपी० भीमप्रसाद ढकालसहित ३०९ जना ट्राफिक प्रहरी क्वारेन्टाइनमा छन् ।

महाशाखाबाट फ्रन्टलाइन ड्युटीमा खटिएका पाँच जना ट्राफिकमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । साउन १६ मा हवल्दार र जवानलाई कोरोना देखिएपछि कार्यालय सिल गरेर पिसिआर जाँचका लागी स्वाब संकलन गरिएको थियो ।

ट्राफिक प्रहरी कार्यालय थापाथली र महाशाखामा कार्यरत ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । तर, उनिहरुमा संक्रमण कहाँबाट भयो भन्ने खुलेको छैन ।

नेपाल प्रहरी अस्पतालले संक्रमित पाँचजना ट्राफिक प्रहरीको ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ गरेको छ । तर, उनिहरुको संक्रमणको स्रोत खुल्न नसकेको प्रहरी अस्पतालका डाक्टर सञ्जय श्रेष्ठले जानकारी दिए ।

‘ट्राफिक व्यवस्थापनका लागि सडकमा खटिनुपर्ने हुनाले फिल्डबाट नै संक्रमण भएको हुनसक्छ,’ अस्पतालका प्रहरी बरिष्ठ उपरिक्षक डा.श्रेष्ठले भने–‘यकिन स्रोत चाहिँ खुलेको छैन, तर फिल्डबाट सर्ने सम्भावना बढी देखिन्छ ।’

संक्रमित दुईजना वरिष्ठ उपरिक्षक ९एसएसपी० भीमप्रसाद ढकालका बडीगार्ड र चालक छन् । उनीहरु लकडाउन पछि काठमाडौँ छाडेर बाहिर गएका छैनन् ।

संक्रमितहरु जिल्ला प्रशासन कार्यालय काठमाडौँ, महानगरीय प्रहरी कार्यालय, क्राईसिस मेनेजमेन्ट सेन्टर ९सिसिएमसी० र सिंहदरबारबाहेक अन्यत्र गएको ट्राभल हिस्ट्री छैन् ।

अर्का एकजना संक्रमित डिएसपीका बडीगार्ड हुन् । संक्रमित दुईजना ट्राफिक व्यवस्थापनका लागी फिल्डमा खटिएका थिए । फिल्डमा खटिएका हवल्दारलाई साउन १६ मा संक्रमण पुष्टि भएको थियो ।

८७ जनाको रिपोर्ट आउँदै

ट्राफिक प्रहरी महाशाखाका १५० जनाको पिसिआर जाँच गरिएको छ । स्वाब संकलन गरिएका मध्ये ८७ जनाको रिपोर्ट आउँन बाँकी छ । पाँच जना बाहेक अन्य प्रहरीको रिपोर्ट नेगेटिभ देखिएको छ ।

लकडाउन हुनुअघि नै ट्राफिकले संक्रमणको जोखिम कम गर्न भन्र्द मापसे जाँच रोकेको थियो । लकडाउन खुलेपछि मापसे जाँच शुरु गर्ने भनिएपनि शुरु गरिएको थिएन ।

‘सवारी चालकसँग दुई मिटरको दुरी सुरुदेखि नै राखेका थियौँ,’ प्रहरी वरिष्ठ उपरिक्षक ढकाल भन्छन्–‘स्वास्थ्य सामग्रीको प्रयोगमा पनि कमी गरिएको छैन, त्यस्तोमा संक्रमण कसरी फैलियो भन्नेबारे हामी पनि अनभिज्ञ छौं ।’

फ्रन्टलाइनमा खटिने १५० जना ट्राफिक प्रहरीलाई पीपीई सेट उपलब्ध गराइएको छ । सडकमा फेससिल्ड, चश्मा र मास्क लगाएर मात्र ट्राफिक प्रहरीहरु खटिने गरेका छन् ।

संक्रमणको जोखिम कम गर्न ३ सय ट्राफिकलाई महाशाखाले घर पायक स्थानमा ड्युटीको व्यवस्था मिलाएको छ । क्वारेन्टाइनमा बसेका ट्राफिकको ठाउँमा मातहतका युनिटबाट ड्युटी परिपुर्ति गरिएको एसएसपी ढकालले बताए ।

२४ साउन २०७७, शनिवार ०६:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु