विश्व स्वास्थ्य संगठनले भन्यो – नेपालमा कोरोना संक्रमणको अवस्था चिन्ताजनक

विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाइरसको संक्रमणको अवस्था चिन्ताजनक रुपमा बढ्दै गएको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका निर्देशक अहमद अल मान्धरीले सो कुरा बताएका हुन् ।
नेपालमा विहीवार एकैदिन थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।
नेपालमा निरन्तर संक्रमितको संख्या बढेको उल्लेख गर्दै विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना संक्रमणको अवस्था चिन्ताजनक रहेको बताएको हो ।
२२ साउन २०७७, बिहीवार १७:०४ बजे प्रकाशित