एकै दिन विश्वमा २ लाख ६ हजार कोरोना संक्रमित थपिए
बुधबार विश्वमा २ लाख ६ हजार ७०९ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा केही कम हो ।
मंगलबार विश्वमा २ लाख १९ हजार ८६२ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
गत शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ लाख ९२ हजार ५२७ कोरोना संक्रमित थपिएका थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ९६ हजार १४७ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ८३ लाख ५४ हजार ३४२ पुगेको छ ।
२२ साउन २०७७, बिहीवार ०६:१७ बजे प्रकाशित













